जेन–जी आन्दोलनमा सहादत भएका सहिदप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाद्वारा श्रद्धाञ्जली

समाचार

बिरगञ्ज, ३१ भदौ ।
भ्रष्टाचार र बेथितिविरुद्ध Generation Z (जेन–जी) ले सञ्चालन गरेको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

संघले भदौ ३० गते आफ्नै भवन अगाडि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी २२ वर्षीय सहिद असहाब आलम ठकुराईसहित सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको स्मरणमा उपस्थित चिकित्सकहरूले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रममा संघका अध्यक्ष डा. मनोज गुप्ता, सचिव डा. नौसाद हक, उपाध्यक्ष डा. आनन्द चौरसिया, कोषाध्यक्ष डा. शाश्वत प्रसाद, प्रदेश संयोजक डा. निरज सिंह, निर्वतमान सचिव डा. उदय सिंह, पूर्व सचिवहरू डा. रोशन अली र डा. रामकिशोर सिंह, वरिष्ठ चिकित्सक डा. भोला बछार, डा. अजय यादव, डा. रमाशंकर गुप्ता लगायत चिकित्सकहरूको उपस्थिति थियो।

सहिदहरूको स्मरणमा एक मिनेट मौनधारण गरिएको थियोे ।

कार्यक्रममा सहभागी चिकित्सकहरूले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सहिदहरूको बलिदानले सधैं प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *