काठमाडौंको चन्द्रागिरीमा बेवारिसे पुरुषको मृत्यु, प्रहरीले सनाखतका लागि आग्रह

समाचार

काठमाडौं, असोज २०।
जिल्ला काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

असोज १८ गते साँझ करिब ८:३० बजे सो स्थानमा करिब ३० देखि ३५ वर्ष उमेरको पुरुष व्यक्ति लडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई तत्काल उपचारका लागि सशस्त्र प्रहरी बल (APF) अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालले सोही दिन राति ८:४० बजे उनलाई मृत घोषणा गरेको जनाएको छ।

उक्त पुरुषको नाम, थर र वतन हालसम्म खुल्न नसकेको हुँदा सो व्यक्तिलाई चिन्नु वा पहिचान गर्न सक्ने व्यक्तिलाई प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर काठमाडौंको नम्बर ९८५१२८३०१२ वा नजिकको कुनै पनि प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *