प्रधानमन्त्री सुशील कार्कीको संवेदना: “विपद् पीडितप्रति सहानुभूति, राहत कार्य जारी”

समाचार

काठमाडौं, असोज २०।
प्रधानमन्त्री सुशील कार्कीले हालैको अत्याधिक वर्षाका कारण इलामसहितका विभिन्न स्थानमा उत्पन्न भएको विपद् र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले सामाजिक संजालमा एक सन्देशमार्फत भनेकी छिन , “यस कठिन घडीमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।”

उहाँले राहत र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी, स्थानीय निकाय, स्वयंसेवक तथा नागरिक समाजका सदस्यहरूप्रति उच्च प्रशंसा व्यक्त गर्दै नेपाली जनताले विपत्तिको सामना गर्न देखाएको धैर्य र एकताप्रति कृतज्ञता प्रकट गर्नुभएको छ।

प्रधानमन्त्रीले थप जानकारी दिँदै प्रभावित क्षेत्रहरूमा राहत तथा उद्धार कार्य निरन्तर जारी रहेको र सरकार पीडित नागरिकको सुरक्षामा पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *