रसीद आलम,बिरगंज ,३० असार।
बिर्ता प्रहरीले १५ लाख बराबरको भन्सार छलीका समान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा १५ लाख ३५ हजार ३ सय ४० बराबरको भन्सार छली चोरी पैठारीका समान बरामद गरेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका अनुसार बिभिन्न मिति र समयमा बिर्ता प्रहरी तथा मातहतको युनिटबाट खटिएका प्रहरी टोलीले आफ्नो एरियाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी नेपाल भित्रीयाएका १५ लाख ३५ हजार ३ सय ४० बराबरको कुर्ता सलवार, मार्किन कपडा, टपस, जुत्ता, कुर्ता सुरुवाल कपडा र चप्पल समेतलाई बरामद गरेको छ।
बरामद समानहरु आवश्यक कार्वाहीको लागि वीरगंज भंसार कार्यालय पर्सामा बुझाएको प्रहरी निरीक्षक बोगटीले जनाएका छन् ।
