सशस्त्र प्रहरी पर्साद्वारा ८ लाख २२ हजार बराबरको सामान पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,३१ असार।

सशस्त्र प्रहरी पर्साले ८ लाख २२ हजार २ सय १५ बराबरको सामान पक्राउ गरेको छ।

असार ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर  १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलीले बिरगंज- १४ गण्डक चोकबाट भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी जितपुर तर्फ लैजादै गरेको  रु. ३ लाख २९ हजार ,४ सय ६५ बराबरको किराना र हार्डवयरका सामान नियन्त्रणमा लीई आवश्यक कारवाहिको लागि  बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिरगंज -१७ अलौ चौकबाट रु.१ लाख ४१ हजार ९ सय ९० बराबरको कपडा र किराना सामान बरामद गरेको छ भने प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको गाडी मोबाईल टोलीले बिरगंज -१६ ईनर्वा बाँसझ्याङ्ग ईलाकाबाट रु. २ लाख ४७ हजार ७ सय ६० बराबरको लेडिज कपडा, किराना सामानहरु र रु. ८० हजार  बराबरको १ वटा पशुचौपाया भैसी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले बताए।

त्यस्तै ,बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले बिरगंज -२४ बहुअरी चोकबाट मूल्य रु. २३ हजार बराबरको किराना सामान बरामद गरि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *