भक्तपुर, असोज २० ।
अविरल वर्षाका कारण भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ माझापाटीस्थित क्षेत्रमा पहिरो गएर क्षति पुगेको छ। उक्त स्थानमा भएको क्षति न्यूनीकरण तथा थप जोखिम रोकथामका लागि नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीहरूको सहकार्यमा तत्काल पहिरो हटाउने कार्य भइरहेको छ।
सुरक्षाकर्मीहरू र स्थानीयको संयुक्त प्रयासमा पहिरो प्रभावित स्थानमा बाध निर्माण गरी थप क्षति हुन नदिन आवश्यक कदम चालिएको बताइएको छ। हाल सो क्षेत्र जोखिममुक्त बनाउन निरन्तर काम जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
