पेट्रोलियम पदार्थको मूल्य घट्यो

समाचार

काठमाडौ, माघ २ । नेपाल आयल निगमले एक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।

 

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १÷१ रुपैयाँ मूल्य घटेको जनाएको हो ।

 

जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

 

त्यस्तै, डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

घटेको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *