सीमावर्ती किमाथांकामा सशस्त्र प्रहरीद्वारा विद्यार्थीलाई लत्ताकपडा वितरण, नेपाल–चीन सीमा अनुगमन तथा छलफल सम्पन्न

समाचार

संखुवासभा, २३ कार्तिक ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ अरुण गुल्म संखुवासभाको आयोजनामा भोटखोला गाउँपालिका–१ किमाथांका स्थित हिमाल आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई लत्ताकपडा वितरण गरिएको छ। उक्त कार्यक्रम सशस्त्र प्रहरीको “सीमा वासीसँग सशस्त्र प्रहरी” अभियान अन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षासंस्थाका प्रमुखहरू, स्थानीय सरोकारवालाहरू तथा चीनका समकक्षी Immigration PolicePublic Security Bureau का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसै अवसरमा नेपाल–चीन सीमास्थित सीमा चिन्हहरूको अनुगमन तथा रेखदेख कार्य सम्पन्न गरिएको साथै सीमा अपराध नियन्त्रण सम्बन्धी विषयमा संयुक्त छलफल समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कार्यक्रमले दुवै देशका सुरक्षा निकायबीच आपसी सहकार्य, सीमा व्यवस्थापन र मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न योगदान पुर्‍याउने विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *