काठमाडौंको ठमेल क्षेत्रमा पर्यटकलाई हैरानी — लुटपाटमा संलग्न १३ जना पक्राउ

समाचार

काठमाडौं,१० मंसिर ।
ठमेल क्षेत्रका स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने तथा जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराउने जस्ता गतिविधि हुँदै आएको जनगुनासोका आधारमा प्रहरीले गरेको विशेष अनुगमनबाट १३ जना पक्राउ परेका छन्।

मिति २०८२।०८।१० गते राति करिब १:१० बजे ठमेल पर्यटन विकास परिषदका पदाधिकारीसँगै प्रहरी वृत लैनचौरबाट खटिएको टोलीले अनुगमन गर्ने क्रममा पक्राउ परेकाले अनुगमन गर्ने माथीनै हातपात, गालीगलौज र अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ. पवन कुमार भट्टराईले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूको विवरण
१. बादल तामाङ, १९ वर्ष, काभ्रे–२६ ठमेल बसोबास
२. गणेश नाथ, २२ वर्ष, बाजुरा–मनमैजु
३. बिशाल थापा मगर, २४ वर्ष, तनहुँ–गोलढु‌ङ्गा
४. गणेश तामाङ, २० वर्ष, सिन्धुली–बालाजु
५. सागर मगर, १९ वर्ष, सर्लाही–गल्कोपाखा
६. रमेश क्षेत्री, २२ वर्ष, सुनसरी–पक्नाजोल
७. बिशाल नेपाली, १९ वर्ष, दोलखा–चाँगुनारायण
८. मिलन नेपाली, २१ वर्ष, रामेछाप–गोंगबु
९. बिवश खनखवास, २२ वर्ष, गोरखा–कालधारा
१०. अभिषेक थापा, २३ वर्ष, बाँके–कलंकी
११. संजय लामा, २२ वर्ष, काभ्रे–मनमैजु
१२. प्रतिमा डाँगी, २० वर्ष, दाङ–शेषमती
१३. प्रमिला पुन मगर, २१ वर्ष, दाङ–शेषमती

प्रहरीका अनुसार ठमेल परिसरमा पर्यटक असुरक्षालाई लक्षित अपराध नियन्त्रण तथा सुरक्षित पर्यटन वातावरण सुनिश्चित गर्न अनुगमन तथा सुरक्षा कडाइ गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *