जनचेतना अभियान : दाईजो प्रथा र बालविवाहविरुद्ध बिर्ता प्रहरीले विद्यालयमै चलायो प्रशिक्षण

समाचार

 पर्सा, १० मंसिर ।
समुदाय–प्रहरी साझेदारी तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज मिति २०८२/०८/१० गते ११:१५ बजेदेखि पर्साको बिरगंजमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय बिर्ता र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल, पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम बिर्तास्थित मुनलाईट स्कुलको प्राङ्गणमा सञ्चालन गरिएको हो।

वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको प्रशिक्षणमा कक्षा ९ का छात्र–छात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा दाईजो प्रथा, बालविवाह लगायतका सामाजिक कुरीतिका विरुद्ध सचेतना फैलाइँदै यस्ता गलत प्रवृत्तिहरू निर्मूल गर्न विद्यालय तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहेको बताइयो।

बिर्ता प्रहरीले सामाजिक अपराध रोकथामका लागि यस्ता जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *