बिरगंजमा लागु औषध सहित एक भारतीय पक्राउ।

समाचार

पर्सा  ,५ कार्तिक

बिरगंजको घन्टाघरमा लागु औषध सहित एक जना भारतीय ब्यक्तिलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

सोमबार साझ ६ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा वीरगञ्ज भन्सार तर्फबाट शंकास्पद रुपमा साईकल चलाई  पावर हाउसतर्फ जाँदै गरेको एक ब्यक्तिलाई अस्थाई प्रहरी पोष्ट घण्टाघर र लागु औषध नियन्त्रण व्युरो वीरगंजबाट खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा  खानतलासी गर्दा भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी विर्ताटोल बस्ने वर्ष २५ को यदोलाल कुमारले लगाएको पाईन्टको बाँया पट्टिको अगाडी खल्ती भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन १० ग्राम फेला परेको हुँदा निज यदोलाल कुमारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।

लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी कुमार बिक्रम थापाले जनाए  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *