पर्सामा अवैध बालुवा उत्खननमा संलग्न दुई ट्याक्टरसहित चालक पक्राउ

समाचार

बिरगंज, १५ जेठ ।
पर्सा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा ट्याक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ जेठ १५ गते पर्सागढी नगरपालिका–३ स्थित खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले उक्त स्थानबाट बालुवा लोड गरिरहेको अवस्थामा ना.२ त ६४५३ र प्रदेश २–०३–००१ त ६४२७ नम्बरका दुई वटा ट्याक्टरसहित चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका ट्याक्टर तथा चालकहरुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय पर्सा जिल्लामा नदी तथा खोलामा हुने अवैध उत्खनन नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *