रसीद आलम,बारा,५ बैशाख।
सशस्त्र प्रहरी बल नेपाल बारा बिओपी बरैनियाले भन्सार छलिएका रु.१ लाख ८ हजार ९ सय बराबरको विभिन्न अबैध समान पक्राउ गरेको छ।
बुधबार बिहान् करिब ८:४५ को समयमा बाराको बिश्रामपुर गा.पा.-४ बलिरामपुर सीमा ईलाकामा अबैध रुपमा भारतबाट २ जना व्यक्तिले टाउकोमा बोकी नेपाल तर्फ ल्याँउदै गरेको रु ९० हजार बराबरको ९ सय पिस अत्तर र रु.१८ हजार ९ सय बराबरको बिभिन्न प्रकारका पटका नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बाराले जनाएको छ।
बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीलाई देख्न साथ सामान सोही स्थानमा छाडी व्यक्तिहरु भारततर्फ फरार भएको हुँदा उक्त सामान बरामद गरी भन्सार बुझाउने प्रक्रियामा रहेको बिओपी बरैनियाले जानकारी दिएको छ।
