ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियानमा ११६ सवारी साधन प्रहरी कारवाहीमा।

समाचार

रसीद आलम ,बारा,५ बैशाख।

जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा ट्राफिक नियम विपरित चलाईएका ११६ सवारी साधनहरूलाई कार्वाही गरिएको छ।

विशेष अभियान अन्तर्गत कारवाही गरी रू. १ लाख १७ हजार राजस्व संकलन गरिएको तथा ३ वटा भारतिय नम्बर प्लेटको सावारीलाई भन्सार कार्यालय बिरगंज पठाइएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

ट्राफिक व्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन समेत भएको जानकारी डिएसपी न्यौपानेले दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *