बिरगंज ,५ बैशाख।
पर्सा प्रहरीले १७ लाख ७२ हजार ७ सय ३० रुपैया बराबरको कपडा, मोबाईल पार्टस र पाडा पाडी पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको विभिन्न किसिमका लत्ताकपडाहरू, मोबाईलका पार्टसहरू, प्याज, चियापति र पाडी पाडाहरू आवश्यक कारवाहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
प्रहरीका अनुसार बैशाख ४ गते वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट ७ लाख ३२ हजार ७ सय ३० रुपैया बराबरको कुर्ता सुरवाल-३१५ पिस, टपस-८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर, कार्पेट रोल-३, मोबाईल चार्जर-३९० पिस, मोबाईल बैट्री सानो-४८ पिस, एयर बड्स-३ पिस, डिस्पले-२४ पिस, टेम्पर ग्लास-१२० पिस, डाटा केबल-८० पिस, मोबाइल कभर-६३ पिस, प्याज-१३८८ के.जी., १३० के.जी.र मिट मसाला-८० के.जी. जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ठोरीले पर्साको ठोरी गाउँपालिका वडा नं.२ स्थित सडकखण्डमा रु.१० लाख ४० हजार बराबरको ना.३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको पाडाहरू ५ गोटा, पाडी १ गोटा गरी ६ गोटा र ना.३ च १०८९ नम्बरको सेतो पिकअप गाडी नियन्त्रणमा लिएको डिएसपी थापाले जनाए।