सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा सरसफाइ कार्यक्रम ।

समाचार

बिरगंज , असोज ०८ गते शनिबार ।रसीद आलम
हिन्दु धर्मावलम्बीहरुको महानपर्व बिजयादशमी,दिपावली ,छट पर्बको अवसरमा सन्सारीमाई मन्दिर सरसफाइ गरिएको जानकारी सामुदायिक सेवा केन्द्र छ्पकैया -२ को अध्यक्ष ग्यासुदिन ठकुराईले दिए।
सामुदायिक सेवा केन्द्र छ्पकैया -२ को आयोजना शनिबार बिरगंज महानगर पालिका वडा न.२ छ्पकैया स्थित सन्सारीमाई मन्दिर परिसरमा सरसफाइ गरिएको हो।
सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रमका प्रमुख अतिथि वडा न.२ का वडा अध्यक्ष महमद रेयाज मियाले मन्दिर प्राङ्गणमा रहेको फोहर सफा गरि कार्यक्रमको सुभारम्भ गरेका थिए ।
सो मन्दिर सरसफाइ कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का सचिव प्रबिण बिक्रम शाह , सह-सचिव मदन प्रसाद गुप्ता , सदस्य धिरज शर्मा , अजित भुजेल , अब्दुल कैश मिया तेलि , छ्पकैया गुठीका सदस्य प्रकाश शाह , दुर्गा पुजा समितिका सन्न्नी गुप्ता , साहिल गुप्ता , दिपेन्द्र यादब , रुपेश चौधरी , राहुल वाडिया , लगायत प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक काम बहादुर गुरुङ , प्रहरी हवल्दार सुचिन्द्र प्रसाद साह , प्रहरी हवल्दार देवेन्द्र पटेलको समेत उपस्थिति रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *