छिपहरमाई गाउँपालिकाका प्रमुख मनाेज गुप्ता, उपप्रमुख लिलावती देवी कानु लाई निर्वाचन आयोगको जरिवाना।

समाचार

असोज -८  बिरगंज । म.अरशद  २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित पर्साका छिपहरमाई गाउँपालिका प्रमुख मनोज गुप्ता  र उप प्रमुख  लिलावती देवी लाई निर्वाचन आयोगले जरिवाना गरेको छ । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउने छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्तासहित पर्साका १२ पालिका प्रमुखलाई जरिवाना भएकाे हाे ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उप प्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गाेकर्ण पाठक, उप प्रमुख पूजा चाैधरी, पाेखरिया नगरपालिकाका प्रमुख प्रधुमन चाैहान, उप प्रमुख रुबि ठाकुर, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली र उप प्रमुख सुस्मा कुमारी कुशवाहालाई जरिवाना भएकाे छ ।
गाउ पालिकाको सन्दर्भ मा धाेबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चाैहान, उप प्रमुख मंजु देवी, पकहा मैनपुर गाउँपालिकाका प्रमुख सुरेश मेहता, उप प्रमुख सरफुन नेसा, बिन्दवासिनी गाउँपालिका प्रमुख प्रमाेद कुमार तिवारी, सखुवा प्रसाैनी गाउँपालिका प्रमुख यसवन्त यादव, उप प्रमुख सर्मिला बिष्ट, कालिकामाई गाउँपालिका प्रमुख बशिष्ट गुप्ता, जिराभवानी गाउँपालिका प्रमुख अनाेज चाैधरी, जगरनाथपुर गाउँपालिकाकी उप प्रमुख बबिता सिंह, पटेर्वा सुगाैली गाउँपालिकाकी उप प्रमुख ममता महताे, ठाेरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ र उप प्रमुख गाेकुल कुमारी श्रेष्ठलाई जरिवाना भएकाे जानकारी निर्वाचन आयोगले दियेको छ ।
वीरगंज महानगरपालिकाकाे सन्दर्भ मा निर्वाचन आयोगले ३२ वटै वडाका वडाध्यक्ष र अन्य पालिकाका पनि समय मै निर्वाचन खर्चकाे विवरण नबुझाउने अधिकांश वडाध्यक्षहरुलाई  जरिवाना गरेकाे छ ।
निर्वाचन आयोगको मिति २०७९ साउन ३१ को निर्णय बमोजिम गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भने तापनी सो समयावधि भित्र प्राप्त हुन आएका स्पष्टीकरणहरुको अध्ययन गरी हेर्दा स्पष्टीकरणको व्यहोरा चित्त बुझ्दो नदेखिएको र सो अवधिभित्र स्पष्टीकरण पेश नगरेको, ढिलो गरी स्पष्टीकरण पेश गरेको कारण  जरिवाना गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३)बमोजिम  ६महिना भित्र निर्वाचन आयोगको कार्यलय कोड न.२१२००३५०१ रजस्व शिर्षक न.१४३१२मा दाखिला गरेको भौचर सहित निवेदन परदेश र जिल्ला निर्वाचन कार्यलयमा वा आयोग मा पेश गर्न निर्देश दिएको जानकारी निर्वाचन आयोगले जनाएको छ् । महानगरपालिका प्रमुख, उप प्रमुखका उम्मेदवारलाई जनही रु. ७ लाख ५० हजार, वडाध्यक्ष, वडा सदस्यका उम्मेदवारहरुलाई जनही रु ३ लाख, नगरपालिकाका प्रमुख, उप प्रमुखका उम्मेदवारहरुलाई जनही रु ४ लाख ५० हजार, वडाध्यक, वडा सदस्यका उम्मेदवारहरुलाई रु २ लाख, गाउँपालिका प्रमुख, उप प्रमुखका उम्मेदवारहरुलाई जनही रु ३ लाख ५० हजार, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुलाई रु १ लाख ५० हजारकाे दरले जरिवाना भएकाे छ ।
जरिवाना नबुजाउने उम्मेदवाहरुले अगामी ६ बर्ष सम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने निर्वाचन र सो रकम निजहरूबाट असुल उपर गर्ने  आयाेगले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *