बाराका एस.पी.बोगटीका नेतृत्वमा नक्कली नोटको एक कारोबारी पक्राउ,बारावासिमा शान्ति सुरक्षाको अनुभुति,तस्करहरु त्रसित ।

समाचार

असोज ९  रसीद आलम (बिरगंज )
जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र बारा जिल्लाबाट
खटिएका प्रहरीको सङयुक्त टोलिले २०७९-०६-०७ गते साँझ ७:४५ मा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोलका जगदेव महतो नुनियालाई ८२५००/- का नक्कली नेपाली नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले प्रेस बिज्ञप्तिमार्फत जानकारि गराएको छ ।
बिशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल स्थित जगदेव महतो नुनियाको घरमा कानूनबमोजिम खानतलासी गर्ने क्रममा निज घर धनि जगदेव महतो नुनिया सुत्ने कोठामा रहेको बाँसको मचानमाथी रहेको ओच्छायानको मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको रु.१०००/-का नोट ८१थान र रू .५००/-का नोट ३थान नेपाली नक्कली नोट जम्मा गरि रू .८२५००/- फेला परेकाले   उक्त नोट बरामद गरी जगदेव महतो नुनियालाई पक्राउ गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जानकारी जिल्ला प्रहरी कार्यलय बाराले जनाएको  छ ।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका बारा जिल्लामा आएका दिन देखि नै उनका उत्कृष्ट कार्यसम्पादनका कारण बाराबासिहरु आफुलाई सुरक्षित र शान्तिका अनुभुति गरेका कुरा स्थानीय बुद्धिजीवीहरुले बताएका छन ।
एस.पी. बोगटी  ईमान्दार,निष्ठावान,सफा छबि र सकारात्मक सोचका प्रहरी प्रमुख भएकाले मातहतका प्रहरी कर्मचारीहरु उनी संग प्रभावित भइ नयाँ उर्जा र शक्ति थपिएका कारण धमाधम तस्करीका सर-समानहरु पक्राउ गर्ने कार्य तीब्र भएकाले तस्करी नियन्त्रण भएको र तस्करहरु त्रसित  भएका छन ।
बिगतमा पर्सा जिल्लामा डि.एस.पि. हुँदा उनका उत्कृष्ट कार्य ,निर्णय र नियन्त्रणका कारण पर्सामा पनि तस्करी देखी अन्य गैरकानुनी कार्यहरू धेरै हदसम्म नियन्त्रण र न्यूनीकरण भएका थिए र पर्साबासिहरु आफुलाई सुरक्षित महसुस गरेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *