५ लाख नक्कली सोटसहित बाँकेमा तीन पक्राउ।

समाचार

नेपालगञ्ज, ३ फागुन । करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई पक्राउ परेका छन् ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट तीनजना पक्राउ परेका हुन ।

 

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन्। सो क्रममा उनीहरुबाट १ हजार दरका नक्कली नोट ५६९ थान बरामद भएकाे छ ।

 

प्रहरीका अनुसार रानाका साथबाट ४१८ थान र कुमाइका साथबाट १५१ थान नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ। नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *