पर्सा ,चैत २९।सशस्त्र प्रहरी बल पर्साले हिजो दिउसो बिलविजक नभएको अबैध काजु २ क्विन्टल ,स्रोत नखुलेको हुन्डिको रु.२० लाख सहित एक जना ब्यक्ति तथा एक ट्याक्टर पोखरियामा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सो ट्याक्टर चालक हुन।
सो सम्बन्धमा सशस्त्र प्रहरी बल पर्सा पोखरीयाको सशस्त्र प्रहरी निरीक्षकसंग टेलिफोन वार्तालाप गर्दा
“उक्त पक्राउ परेका टयाक्टरमा नम्बर उल्लेख नभएको तथा उक्त नगद टेलरको समान राख्ने बाकस भएको ठाउँमा बोरामा राखी परालले छोपिएको अवस्थामा बरामद गरेको तथा पक्राउ परेका चालक संग माल र नगद कस्को हो भनी सोधपुछ गर्दा छिपहर माईगाउपालिकामा पर्ने भिस्वा बजार समितिको हो” भन्ने जनाएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल न.१३ गण हे.क्वाटर पर्साका प्रमुख एस पि सुमन थपलिया संग फोन सम्पर्क गर्दा “हो हामिले नियन्त्रणमा लिई सो परिणामको काजु,फेला परेको नगद,गाडी र मान्छे समेतलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको तथा सो सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका प्रमुख डिआइजी दिपेन्द्र शाहका आगमनकाल देखिनै मधेस प्रदेशका सशस्त्र प्रहरी बलमा एउटा नयाँ उर्जा थपिएका छ जसका परिणामस्वरूप मधेस प्रदेशका हरेक जिल्लामा बिओपि प्रमुखहरूले तस्करी नियन्त्रण देखि अबैध मालसामानहरु,लागु औषधहरु,अबैध स्रोत नखुलेको हुन्डिका नगदहरु धमाधम पक्राउ गरिरहेका छन् तथा अपराध नियन्त्रणमा पनि उल्लेखनीय योगदान गरिरहेका छन ।