सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्युु

समाचार

सिन्धुली, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक  कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

 

काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डमा बुधबार बिहान दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।

 

कारमा पाँचजना सवार थिए । दुर्घटनामा घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।  घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *