आमाको हत्या गर्ने छोरा पक्राउ–बारा प्रहरी

समाचार

असोज -१०  रसीद आलम (बिरगंज )
जिल्ला प्रहरी कार्यलय बाराले जय किशोर यादवलाई  आफ्नो सौतेनी आमाको हत्या गरेको आरोपमा पक्राउ गरेको जानकारी गराएको छ ।
बारा प्रहरीका प्रेस बिज्ञप्ति अनुसार मिति २०७९/०५/३० गते साँझ अन्दाजी ६:१५ बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.७ रंगपुर टोल बस्ने शिव नारायण यादवको छोरा वर्ष २५ को जय किशोर यादवले आफ्नो सौतेनी आमा तेतरी देवीलाई घरमा बसी रहेको बेला सामान्य घरायसी विवाद हुँदा घाँटीको अगाडी भागबाट खुकुरी प्रहार गरेकोमा तेतरी देवीको घटनास्थलमा मृत्यु भएको र हत्यामा संलगन छोरा जयकिशोर यादव फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको खोजतलास टोलीले निजलाई पर्साको ईनर्वाबाट पक्राउ गरी ल्याई अनुसन्धान अगाडी बढाएको छ ।
मृतक तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको देखिएको, निजको श्रीमान शिवनारायण यादव समेतलाई नियन्त्रण लिई सम्मानित बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप  अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यलय बाराले जनाएको  छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *