सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौद्वारा २१ लाख बराबरको मदिरा र टाटा सुमो पक्राउ।

समाचार

बिरगंज ,२५ चैत ।

सशस्त्र प्रहरी बल पर्साले २१ लाख ३३ हजार ५ सय रुपैया बराबरको कस्तुरी मदिरासहित बिआर १० जे ८२०१ नम्बरको भारतीय टाटा सुमो गाडी पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका गुल्म पति सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी )बिकास अधिकारीको कमान्डमा खटिएका टोलीले चेकजाँचको क्रममा ९४ कार्टुन मदिरा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा शनिबार बिरगंज महानगरपालिका-१७ कोनिया सिमा नाकाबाट भारतीय नम्बरको टाटा सुमो गाडीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा सो परिमाणको मदिरा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डिएसपी सङ्गम श्रेष्ठले जानकारी गराएका छन् ।

बरामद गरिएको मदिरा १ लाख ३३ हजार ५०० र २० लाख रुपैयाँ बराबरको टाटा सुमो गाडीको मुल्यांकन रहेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।


अलौ गुल्मका डिएसपी अधिकारिले कमान्ड सम्भालेको २ हप्ता नबित्दै विभिन्न मितिमा रु.४ लाख २९ हजार ७ सय ७१ बराबरको २ वटा मोटरसाइकलसहित विभिन्न किराना समानहरु,९९ हजार बराबरको हार्ड्वेयरका समान,१ लाख १० हजारको पशु चौपायामा १ वटा गाई २ वटा भैंसी र २९ लाख १३ हजार ९ सय ९२रुपैया बराबरको विभिन्न ईलेक्ट्रोनिक्स समानसहित मिनि ट्रक पक्राउ गरि आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *