पर्सा,२५ चैत ।
सशस्त्र प्रहरी बल पर्साले भन्सार छलिएका लाखौं मुल्य बराबरको विभिन्न समान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्मका डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोलीले वि.म.न.पा-१६ भन्सार मेनगेटमा चेकजाँचको क्रममा अबैध रुपमा भारतबाट नेपालतर्फ रा १ ह १९१६ नम्बरको टेम्पोमा लुकाई छिपाई ल्याउदै गरेको रु. ३६ हजार ३ सय बराबरको मोबिल र मोटरपार्टस सहित रु.२ लाख बराबरको टेम्पोलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै,डिएसपी रिजालकै कमान्डमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको १ लाख ५० हजार ७ सय ७५ रुपैयाँ बराबरको किराना सामान र कस्मेटिक सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डिएसपी सङ्गम श्रेष्ठले जनाएका छन् ।
सशस्त्र प्रहरीको गस्ती टोली देखि अबैध समानहरु छाडि ब्यक्तिहरु भागि गएको हुदाँ उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको डिएसपी श्रेष्ठले जानकारी गराए।