समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पटेर्वासुगौलीमा लैङ्गिक हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम

समाचार

पर्सा, मंसिर १३ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर १२ गते बिहान ८:०० बजे जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा एक महत्वपूर्ण चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौलीका कक्षा ११ र १२ का छात्रछात्रालाई बालविवाह, बहुविवाह र लैङ्गिक हिंसा सम्बन्धी विस्तृत जानकारी तथा सचेतना प्रदान गरेका छन्।

उनले बालविवाह र बहुविवाह जस्ता अवैध तथा हानिकारक प्रथाले समाजिक संरचनामा पर्ने नकारात्मक प्रभाव, कानुनी दण्ड–जिम्मेवारी तथा लैङ्गिक हिंसाको पहिचान र रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई अवगत गराएका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा कानुनी शिक्षा, आत्मसुरक्षा र लैङ्गिक समानताबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्य राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

समुदाय–प्रहरी सहकार्य मार्फत विद्यालय तहमै यस्ता कार्यक्रमले सामाजिक घटनाहरू रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *