उपप्रमुख आलमको नेतृत्वमा वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिको बैठक ।

समाचार

बिरगंज ,२५ चैत ।

वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिको बैठक बसि बिभिन योजनाहरुमा छलफल गरेको छ। बजार व्यवस्थापन समितिको संयोजक तथा उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले मुस्लिमहरुको पबित्र महिना रमजानको बेलामा बजार अनुगमन गरि बिरगंज बजारमा रहेको म्याद नाघेको खाद्यान्न समाग्रीहरुलाई नष्ट गर्ने,मुल्य वृद्धि गरि अधिक मुल्यमा बिक्री वितरण गर्नबाट रोक लगाउन र नियमित रुपले बजार अनुगमन गर्नमा छलफल भएको आलमका प्रेस सल्लाहकार महम्द सद्दाबले जानकारी गराए।

सो बैठकमा उपप्रमुख आलमले बजारमा यदि कसैले यस्ता खाद्यान्न बिक्री गरेको पाईएमा दन्डित गर्ने  निर्देशन दिएका छन् ।बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुसँगको बैठकमा बजार भित्र सर्व सधारणहरुले दैनिक रुपमा उपयोग गर्ने समाग्री तथा खाद्यान्न सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई ऎन अनुसार कार्यवाही गर्ने निर्णय गरेका उप प्रमुख आलमले जनाएका छन् ।

सो बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई ,वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य कन्हैया ठाकुर ,वडा प्रहरी कार्यालय विर्ताका हरिकिशोर प्रसाद यादव,सशस्त्र प्रहरी बलका दिपेश चौधरी,जिल्ला ट्राफिक कार्यालयबाट गुणनिधि खकुरेल लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *