बिरगंजमा दशैं सस्तो बजार संचालन।

समाचार

वीरगंज, १० असोज      रसीद आलम
दशैंको उपलक्ष्यमा वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारको उदघाटन पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गर्नु भयो ।
संघले आयोजना गरेको सस्तो बजारबाट वीरगंज लगायत आसपास क्षेत्रका आम सर्वसाधारण जनताहरु लाभान्वित हुने विश्वास गरिएको छ।
नेपालीहरुको महान चांड बडादशैंको अवसरमा हरेक बर्ष झै यसपालि पनि घरेलु तथा साना उद्योग कार्यालय र वीरगंज उद्योग वाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेको सस्तो बजार २०७९-६-११ देखि २०७९-०६-१६ सम्म लाग्ने छ
उक्त सस्तो बजारमा १९ वटा स्टलहरु राखिएको छ सो स्टलमा दैनिक उपभोग्य समाग्री एकै ठाउमा सस्तो मुल्यमा उपलब्ध गराइएको जानकारी उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध  कुमार गुप्ताले दिनुभएको  छ।
सो कार्यक्रममा  घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रिमा साह, संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल,  सञ्चारकर्मी  र व्यापारी उपस्थिति रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *