ईलाका प्रहरी कार्यालय छपकैया-१ द्वारा लागु औषध, तस्करी तथा अन्य गैर कानुनीकार्य न्यूनीकरण र नियन्त्रणमा ,स्थानीयवासीमा शान्ति सुरक्षाको अनुभुती ।

समाचार

असोज -११ बिरगंज
समाजका अगुवा ,बुद्धिजीवीहरु भन्छन् एउटा घरमा असल ,इमान्दार ,स्वच्छ छबिका अभिभावक छ भने त्यो घरका सदस्यहरु पनि असल ,इमान्दार ,स्वच्छ छबिका हुन्छन्, यो उखान जिल्ला प्रहरी कार्यालय पर्सा संग मेल खन्छ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतको पर्सा जिल्लामा आएका दिनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा अन्य गैरकानुनी कार्यहरू क्रमश न्यूनीकरण भएको देखिन्छ ।उनका उत्कृष्ट कार्यसम्पादनका कारण पर्साबासिहरु आफुलाई सुरक्षित र शान्तिका अनुभुति गरेका कुरा स्थानीय बुद्धिजीवीहरुले बताएका छन ।
एस.पी. रमेश बस्नेत ईमान्दार,निष्ठावान,सफा छबि र सकारात्मक सोचका प्रहरी प्रमुख भएकाले मातहतका प्रहरी कर्मचारीहरु उनी संग प्रभावित भइ नयाँ उर्जा र शक्ति थपिएका कारण धमाधम तस्करीका सर-समानहरु पक्राउ गर्ने ,पर्सामा नेपाल सरकारको राजस्वमा वृद्धि,समाजमा शान्तिसुरक्षा कायम भएको कार्यहरू तीव्रता पाएका अनुभव पर्साका स्थानीय बुद्धिजीवीहरुको भनाइ छ।
ईलाका प्रहरी कार्यालय छपकैया-१ का वरिष्ठ स.ई. अशोक बस्नेत जिल्लाबाट सरुवा भई आएको २महिना भित्रमा उत्कृष्ट सराहनीय कार्यहरु गरेका र छपकैया-१ मा शान्ति सुरक्षा कायम गरेका स्थानीयहरुको भनाइ छ।
छपकैया-१ का वरिष्ठ स.ई. अशोक बस्नेतका अनुसार २०७९-०४-०३ मा लागु औषध चरेस २किलो छपकैया-१ का निवासी बर्ष ३२का सन्तोष साह र निजको श्रीमति बर्ष२६ को निरु गौतम साहलाई निजकै घरबाट बरामद गरि निज साह लाई पक्राउ गरि वडा प्रहरी कार्यालय बिर्ता मार्फत जिल्ला प्रहरी कार्यलय पर्सामा थप अनुसन्धानको लागि पठाएको हो।
बिरगंज मा. न. पा.-१३ बस्ने सन्जित सिंह भारत बाट नेपालमा भित्र्याएका कोरेक्स-५पिस ,नाइटरो भेट -६पिस लागु औषध र नगद रु.७१०००हजार भारतीय एस.एस.बि.र सिरिसिया चेक पोस्टको आँखा छलेर नेपाल कटाईसकेको अवस्थामा छप्कैया-१ वरिष्ठ स.ई. अशोक बस्नेतको नेतृत्वमा निजलाई समाती थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय पर्सामा बुझाएको ईलाका प्रहरी कार्यालय छपकैया-१ ले जानकारी गराएको छ।
६ बर्षका बच्चा संग यौनजन्य दुव्र्यवहार गर्ने छपकैया-१ का बर्ष ४५ का शिवशंकर साह लाई अन्दाजी १२बजे राती मा धानबालीबाट भारततर्फ भागने क्रममा छप्कैया-१ का वरिष्ठ स.ई. अशोक बस्नेतको कमान्डमा निजलाई पक्राउ गरि थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यलय पर्सामा पठाएको ईलाका प्रहरी कार्यालय छपकैया-१ ले जानकारी गराएको छ।
छपकैया-२ निवासी राजाबाबु सिधिकी लाई छपकैया निरको डम्पिङ मा भएको घरमा चोरी गरिरहेका अवस्थामा पक्राउ गरि वडा प्रहरी कार्यालय बिर्ता मार्फत जिल्ला प्रहरी कार्यलय पर्सामा थप अनुसन्धानको लागि बुझाएको ईलाका प्रहरी कार्यालय छपकैया-१ ले जानकारी दिएको हो।
चौकी इन्चार्ज बस्नेत को नेतृत्वमा छपकैया-१ मा तस्करी नियन्त्रण देखि शान्ति सुरक्षा कायम प्रभावकारी ढंगले भएको अनुभुती स्थानीय वासीले गरेका छन ।
साकारात्मक,राम्रो प्रभावशाली कार्यको सारहाना र गलत ,नराम्रो ,नाकारात्मक कार्यको आलोचना गर्नुपर्छ यो मानवजाती को सन्सकार र सोच हो तर केही गलत तथाकथित सोचका ब्यक्तिले राम्रो कार्य गरेका प्रहरी प्रशासन को आलोचना गरेर उसको मनोबल घटाउनु गलत कुरा हो भन्ने गुनासो स्थानीय बुद्धिजीवीहरुका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *