अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्ट द्वारा सवारी साधनहरुको चेकजाँचमा कडाई।

समाचार

बिरगंज , २१ कार्तिक ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्टले चाड्बाडका समयमा सडकमा सवारीहरुको चाप बढेकाले दुर्घटना हुन नदिन तथा दुर्घटना नियन्त्रण गर्न सवारी साधनहरुको चेकजाँचमा कडाई गरेको जनाएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्ट का ट्राफिक प्रहरी सहायक निरीक्षक बिरबहादुर यादवको कमाण्डमा खटिएका ट्राफिक प्रहरीले सवारी साधनहरुको अनुगमन तथा ट्राफिक नियम उलंघन गर्ने सवारीहरुलाई नियन्त्रणमा लिई नियमनानुसार जरिवाना गरि आईन्दा ट्राफिक नियम नमिच्ने जानकारी गराई सम्झाई बुझाई छाडिएको ट्राफिक प्रहरी सहायक निरीक्षक यादवले बताए ।

पर्साको पश्चिमी ग्रामीण भेगका बिभिन्न स्थानबाट दैनिकरुपमा बिभिन्न साईकल , मोटरसाइकल तथा सवारीका साधनहरु हजारौंको संख्यामा पर्साको सदरमुकाम बीरगंजमा आवत-जावत गर्ने नाका ड्राइपोर्ट सडक खण्ड भएकाले सवारी साधनहरुको चाप बढी हुँदा अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्ट लाई अनुगमन तथा निगरानीमा कठिनाइका वाजुद ग्रामीण भेगका मानिसहरुलाई ट्राफिक नियमको बारेमा धेरै जानकारी नहुदा गलती गरेको पाईएको छ यधपी त्यसता ब्यक्तिहरुलाई एक चोटि सम्झाई छाडिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट ड्राइपोर्टले जनाएको छ।

ग्रामिण भेगबाट सदरमुकाम बिरगंज तथा पोखरियाबाट दैनिकरुपमा काठमाडौ जाने यात्रुबाहक बस,स्कुल बस,भेन, ट्याक्सी, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारीसाधनहरु र आईसिपिबाट आएका मालबाहक सवारी साधनहरु विशेष गरि ड्राइपोर्टको रुटमा चलेकाले त्यस्ता सवारी साधनहरु यदि क्षमता भन्दा बढी माल लोड गरेका छन् ,सिटको क्षमता भन्दा बढि यात्रु बकेको छ, तेज गतिमा चलेको छ, सड्कलेन मिचेको छ भन्ने नियन्त्रणमा लिई करवाही प्रक्रिया अगाडी बढाई नियमानुसार जरिवाना गरि छडिएको ट्राफिक प्रहरी बिट ड्राइपोर्टका असई बिरबहादुर यादवले जनाए ।

ट्राफिक प्रहरी ड्राइपोर्ट बिटको अनुगमन तथा चेकजाँचको क्रममा बिधार्थी बोक्ने बसमा सिट भन्दा बढि बिधार्थी भएकोलाई बसका चालक तथा सह-चालकलाई सम्झाई बुझाई आइन्दा यस्तो गल्ती दुहरिएकोमा नियन्त्रणमा लिई करवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिने, दैनिकरुपमा आवत-जावत गर्ने बिभिन्न सवारीका साधनहरूको ब्लुबुक तथा चालक अनुमतिपत्र नभएकालाई ट्राफिक प्रहरीको एन नियम अनुसार जरिवाना गर्ने असई यादवले बताए ।

सवारी दुर्घटना हुनुको मुख्य कारण के हो ? प्रश्न गर्दा “अनियंत्रित गतिमा सवारी चलाउने , मादक पदार्थको सेवन,क्षमता भन्दा बढी लोड गरेको सवारी तथा ट्राफिक नियमको उलंघन गर्ने सवारीहरु बढी दुर्घटनामा पर्द्छ्न”अस्थायी ट्राफिक पोष्टका असई यादवले बताएका छन् ।
यसलाई नियन्त्रण गर्न चेकजाँचमा कडाइ गर्ने,ट्राफिक नियमको उलंघन गर्ने सवारीहरुलाई जरिवाना गर्ने ,नियन्त्रणमा लिने जस्ता अभियान संचालन गरेर सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भनेर बताएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *