वीरगञ्ज,२५ साउन । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्तामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक चक्रबहादुर पुजारा २०८३ साल असार महिनाको ‘POLICE OF THE MONTH’ घोषित हुनुभएको छ।
प्रहरी संगठनको गरिमा, अनुशासन, व्यावसायिकता तथा कर्तव्यनिष्ठालाई उच्च प्राथमिकतामा राख्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा पुजारालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
कर्तव्यप्रति समर्पित रही जिम्मेवारी निर्वाहमा देखाएको सक्रियता, अनुशासन र व्यावसायिक कार्यसम्पादनको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी वरिष्ठ नायव निरीक्षक पुजारालाई ‘POLICE OF THE MONTH’ घोषित भएकोमा हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट, प्रभावकारी र जनमुखी सेवा प्रदान गर्न सफलताको शुभकामना व्यक्त गरेको छ।
