जनकपुरधाम, साउन २५ । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारीले प्रदेश प्रहरी मातहतका विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन तथा सम्बोधन गर्नुभएको छ।
मिति २०८३ साल साउन २५ गते भर्चुअल माध्यमबाट आयोजित निर्देशन सम्बोधन कार्यक्रममा मधेश प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले वर्तमान सुरक्षा अवस्था, प्रहरीको कार्यसम्पादन, शान्ति–सुरक्षा तथा अपराध नियन्त्रणलगायत समसामयिक विषयमा आवश्यक निर्देशन दिनुभएको बताइएको छ।
उहाँले प्रहरी संगठनको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रहरी सेवा प्रवाह, कानूनको प्रभावकारी कार्यान्वयन तथा प्रहरीको व्यावसायिकता र अनुशासनलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रमले मातहतका प्रहरी कार्यालयहरूबीच समन्वय, निर्देशनको प्रभावकारी कार्यान्वयन तथा सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
