पर्सा, १२ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिना भन्सार नेपाल भित्र्याइएका १३ वटा इलेक्ट्रिक स्कुटर बरामद गरेको जनाएको छ।
शुक्रवार (मिति २०८३।०१।११) का दिन जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा ती भारतीय नम्बर प्लेटविहीन स्कुटरहरू फेला पारिएको प्रहरीले जानकारी दिएको हो।
प्रहरीका अनुसार अवैध रूपमा भित्र्याइएका उक्त स्कुटरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बिरगंज भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको छ।
सीमा क्षेत्र हुँदै हुने भन्सार छलि तथा अवैध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी तथा चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।
