भारतबाट खैरो हिरोइन ल्याउँदै गरेका युवक वीरगञ्जमा पक्राउ

समाचार

वीरगञ्ज, १३ साउन  । भारतबाट नेपालतर्फ लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

मिति २०८३ साउन १२ गते अपराह्न करिब ४:०० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा प्रहरी चौकी इनर्वा पर्सा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका एक युवकलाई शंकाको आधारमा जाँच गरेको थियो।

खानतलासीका क्रममा बारा जिल्लाको कलैया उपमहानगरपालिका–१२, शितलपुर निवासी २२ वर्षीय आकाश साह कानुले लगाएको पाइन्टभित्र लुकाएर राखिएको २ ग्राम ४९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित आकाश साह कानुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *