सशस्त्र प्रहरी बिरगंजद्वारा अबैध सामानहरु पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,३१ भदौ ।

सशस्त्र प्रहरी बल पर्सा  बिरगंजले भारतबाट अबैध रुपमा भन्सार छली ल्याईरहेको लेडिज जुता तथा खाधन्नका विभिन्न सामानहरु पक्राउ गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा वीरगंज म.न.पा.-१० आदर्शनगर ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली ३ वटा साईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरी बल गण न.१३ पर्साले जनाएको छ।

सो सामानहरुको रु. १ लाख ७९ हजार ९ सय ५० बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जनाएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *