मेयर सिंहको सहभागितामा साहेब बाबाको १२६औँ जन्मोत्सव मनाइयो

समाचार

वीरगञ्ज, १४ असोज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सहभागितामा ‘साहेब बाबा’को १२६औँ जन्मोत्सव विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमसहित मनाइएको छ।

जन्मोत्सवको अवसरमा मेयर सिंहसहित श्रद्धालु भक्तजनले दीप प्रज्वलन गरी पूजा–अर्चना गरेका थिए। त्यस अवसरमा वीरगञ्जका विभिन्न स्थानमा प्रसाद वितरणसमेत गरिएको थियो।

मेयर सिंहले सामाजिक सञ्जालमार्फत साहेब बाबाको जन्मोत्सवका अवसरमा दीप प्रज्वलन गरी पूजा–अर्चना गरिएको तथा वीरगञ्जका विभिन्न स्थानमा प्रसाद वितरण गरिएको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आज ‘साहेब बाबा’को १२६औँ जन्मोत्सवको अवसरमा दीप प्रज्वलन गरी पूजा अर्चना गरियो तथा वीरगञ्जको विभिन्न स्थानमा प्रसाद वितरण गरियो । जय साहेब बाबा।”

जन्मोत्सवका अवसरमा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *