रसीद आलम,पर्सा ,३१ भदौ ।
प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित एक जना मानिसलाई शनिबार बिरगंजमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२ ईदगाह चोक स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संकास्पदरूपमा पैदल हिडिरहेको अवस्थामा बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२ बस्ने वर्ष ५० को प्रदीप बोहरा क्षेत्री लाई रोकी खानतलासी गर्दा निजले बोकेको झोलाभित्र सेतोटेपले वेरिएको तिनवटा प्याकेटमा प्रतिबन्धित लागु औषध नुरफिन-१४७ एम्पुल, फेनारगन-१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस फेला परेको हुँदा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका क्षेत्रीलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको थप म्याद लिई अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताएका छन् ।
