रसीद आलम, बिरगंज ,३१ भदौ ।
प्रतिबन्धित लागु औषध ३३७ पिस नाईट्राभेट ट्याब्लेट सहित तिन जना नावालकहरूलाई शनिबार पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संकास्पदरूपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा तिनजना नावालकहरूलाई खानतलासी गर्दा निजहरूको झोलाबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट १४ पत्तामा ३३७ ( तिन सय सैतिस ) पिस ट्याब्लेट फेला परेको हुँदा निज तिनै जनाहरूलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताएका छन् ।
पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण न.पा.वडा नं.७ बस्ने वर्ष १६ को नावालक,सिन्धुली सुनकोशी गा.पा.वडा नं.२ बस्ने १७ वर्षीय नावालक र बारा प्रसौनी गा.पा.वडा नं.३ बस्ने वर्ष १७ को नाबालक रहेका छन् ।
निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा आजै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जनाएका छन् ।