पर्सामा नेपाल मुस्लिम पत्रकार संघको गठन ।

समाचार

बिरगंज ,चैत २२।बिरगंजमा नेपाल मुस्लिम पत्रकार संघको आज एक कार्यक्रम विच सार्वजनिक गरिएको संघका अघ्यक्ष मन्सुर मिया धुनियाले जनाएका छन । 

विभीन्न किसिमका जात –जाती धर्म सम्प्रदाय ,लिङ्ग, वर्ण , धनी गरीब , राजनीति , मतभेद  जस्ता अनेकता एवम् सङ्किर्णताबाट अलग रहेर  राष्ट्र, राष्ट्रियता मानव कल्याण तथा विश्व बन्धुत्वको भावनाले उत्प्रेरित भई सृजनशील, स्वाभीमानी, आत्मनिर्भर, र समुन्नत राष्ट्रको निर्माणमा प्रेस स्वतन्त्रताको रक्षा गर्दै स्वच्छ, व्यावसायिक र जिम्मेवार पत्रकारिताको विकासका लागि कार्यरत नेपाली मुस्लिम पत्रकारहरुलाई संगठित गरी उनीहरूको पेशागत हकहित र श्रम अधिकारको संरक्षण र संवद्र्धन गर्नु वाञ्छनीय भएकाले, सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका नागरिक अधिकारलाई आत्मसात गर्दै, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रको वृहत्तर हितका निम्ति पारदर्शी र न्यायपूर्ण समाजको विकास गर्न, अन्तर्राष्ट्रिय जगतमा पत्रकारिता क्षेत्रमा क्रियाशील संघ, संस्था तथा व्यक्तिहरूसँग सौहाद्र्रपूर्ण सम्बन्ध कायम गर्दै, नेपाल मुस्लिम पत्रकार संघको संगठनात्मक संरचना स्थापना र संचालन गर्न आवश्यक भएकाले यस नेपाल मुस्लिम पत्रकार संघको गठन भएको छ । पर्सा जिल्लामा मुख्य कार्यालय रहने गरि स्थापना गरिएको सह सचिव अब्दुल कैश मियाँ तेलीले जानकारी गराएका छन् ।

मुस्लिम धर्मावम्बिहरुको महान पर्व रम्जान महिनाको पावन अवसरमा वीरगंज आदर्शनगर स्थित किंग्स लंजको हलमा ईफतार कार्यक्रमको विच मन्सुर मियाँ धुनिया को अध्यक्षतामा र वीरगंजका सम्पूर्ण मुस्लिम पत्रकारहरुको उपस्तिथीमा संस्था दर्ता बारे सार्वजनिक गरिएको हो । जसमा संस्था को अध्यक्ष मन्सुर मियाँ धुनिया, उपाध्यक्ष आबिद हुसैन, सचिव सजाद हवारी, सह सचिव अब्दुल कैश मियाँ तेली, कोषाध्यक्ष सबाना खातुन, सदस्यमा अकबर हवारी, वासिम हुसेन, जाकिर  मियाँ तेली, रसीद आलम, शेख मखदुम जहानगस्त, नुर आलम, वरिष्ठ सल्लाहकार  लालबाबु शेख,  सल्लाहकार महम्मद सदाब मियाँ तेली,  हामिद मियाँ धुनिया,  आश महम्मद मियाँ, आसिक मियाँ अंसारी,  गयासुद्दीन मियाँ देवान,  साधारण सदस्य अजहर मियाँ हवारी,  रोशनी हुसेन,  शेख सज्जाद हुसैन,  मो.  असलम लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्तिथी रहेको थियों ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *