रसीद आलम,बिरगंज ,चैत २२।
बिल बिजक भन्दा बढी खुद्रा,कष्मेटिक,हार्डवेयर,औषधी तथा लत्ताकपडाहरू लोड रहेको २ वटा ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगञ्जबाट कलैया र बिराटनगरतर्फ जादै गरेको सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आज वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना ३ च ३१५० र वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट ना ३ ख ५८९९ नम्बरको ट्रकहरूलाई रोकि चेकजाँच गर्दा बिलबिजक सन्कास्पद देखिएको हुँदा सो ट्रक हरुलाई नियन्त्रणमा लिईएको हो।
उक्त मालवाहक ट्रकहरूभित्र लोड रहेका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू रू.२ करोड २६ लाख २६ हजार ८ सय २३ बराबरको मूल्याकंन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन् ।
