बलेरोको ठक्करबाट बिरगंजका राम अवतारको मृत्यु

समाचार

चितवन, ६ साउन । चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ३१ वर्षीय राम अवतार रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका- १ शाहीचोकमा ना ३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।

 

बोलेरोको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति नै मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *