रसीद आलम।बिरगंज ,चैत २२।
चैत २१ मा वीरगञ्ज महानगरपालिका वडा नं.१३ पावरहाउस चोक स्थित सडकखण्डमा अवैध रूपमा भन्सार छली ओसार पसार गरी ल्याएको लत्ता कपडा तथा खाद्यान्न सामाग्रीहरु प्रहरीले पक्राउ गरेको छ।
बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट गएको प्रहरी टोलीले रू. दुई लाख नौ हजार नौ सय पचास बराबरका उक्त विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू नियन्त्रणमा लिईएको पर्सा प्रहरीका डिएसपी निर्मल बुढाथोकीले जनाएका छन् ।
नियन्त्रणमा लिइएका सो सामाग्रीहरु आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रहरीले जानकारी गराएको छ।
