रसीद आलम।पर्सा ,चैत २२।
पर्सामा फरक फरक दुई ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
चैत २१ गते साझ ७:४५ मा विरगञ्ज महानगरपालिका वडा नं. १७ अलौ स्थित सडक खण्डमा पोखरियाबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना.५ च ४७५ नम्बरको पिकअप गाडीले विपरित दिशा तर्फबाट जादै गरेको प्र. २-०३-०२२ प ९८०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उक्त मोटरसाइकल चालक जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. ३ बस्ने बर्ष ३७ को मनोज हजरा गम्भिर घाईते भएको हुँदा उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा ल्याएकोमा आज ७:४५ बजेको समयमा निज मनोज हजराको मृत्यु भएको प्रहरीले जनाएको छ।
पिकअप र पिकअप चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ८ बस्ने वर्ष ३६ को गणेश कुमार अधिकारीलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिईएको तथा सो सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
त्यस्तै चैत २१ मा नै राति ११:३० बजेको समयमा पर्सा जिराभवानी गा.पा. वडा नं. १ स्थित सडक खण्डमा सुवर्णपुरबाट वीरगञ्ज तर्फ जाँदै गरेको BR 01 PA 2876 नम्बरको भारतीय नम्बर प्लेटको सेतो बोलेरो जिप आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त गाडीको चालक जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ५ बस्ने वर्ष २९ को नकुल पौडेलको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगञ्जमा ल्याएकोमा आज १२:३० मा निज नकुल पौडेलको मृत्यु भएकोमा मृतक लासको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखि थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन् ।