सशस्त्र प्रहरी बल पर्सा बिरगंजबाट एउटै नम्बर प्लेटका दुई वटा भारतीय ट्रक नियन्त्रणमा।

समाचार

रसीद आलम, बिरगंज ,३१ भदौ ।

सशस्त्र प्रहरी बल नेपाल पर्साले बिरगंजबाट एउटै नम्बर  प्लेटका दुई वटा भारतीय ट्रकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल FOB आइ.सि.पि. बाट खटिएको मोबाईल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित आइ.सि.पि. ईलाकाबाट एउटै नम्बर प्लेट UP70FT 2525 भएका २ वटा भारतीय ट्रकलाई शनिबार साझ ६:०० बजेको समयमा नियन्त्रणमा  लिएको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार एउटा खाली भारतिय ट्रक र अर्काेमा मकै लोड गरिएको भारतिय ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जनाएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *