काठमाण्डौ,३० भदौ ।
कल सेन्टर संचालन गरी रकम असुली गरेको आरोपमा एक व्यक्तिलाई काठमाण्डौको किर्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाण्डौ जिल्ला किर्तिपुर नगरपालिका पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर संचालन गरी रहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रविसे न.पा.वडा नं. ७ घर भई हाल काठमाण्डौ किर्तिपुर नगरपालिका पाँगा बस्ने बर्ष २० को मिलन थापा रहेका छन् ।
निजको साथबाट ३७०० थान एनसेल को सिम कार्ड, २३ थान ल्यापटप र २७ थान बिभिन्न ब्यक्तिहरुको नागरिकता सहित पक्राउ गरीएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताएका छन् ।