लागूऔषध सहित पर्साका ३ जना र मकवानपुरका एक महिला एक पुरुष पक्राउ : मकवानपुर प्रहरी ।

समाचार

रसीद आलम, मकवानपुर ,३० भदौ ।

६ किलो लागूऔषध गाँजा सहित ३ जना पर्सावासी तथा १२ ग्राम ७४० मिली ग्राम लागूऔषध खैरो हेरोईन सहित २ जना मकवानपुरवासीलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

भदौ २९ गते बिहान ६:३० बजेको समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. १० बसपार्क  सडकमा शंकास्पद रुपमा उभिरहेका पर्साका पर्सागढी नगरपालिका वडा नं. ९ टाँगा बस्ने बर्ष ३२ को मनोज यादव, सोही बस्ने बर्ष ३० अमिर लाल प्रसाद यादव र बर्ष ४५ को जंग बहादुर पासवनलाई शंका लागि निजहरुको शरीरको खानतलासी गर्दा तिनै जनाको कम्मरको भागमा बेल्ट जस्तो बनाई प्लाष्टिक भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागू औषध गाँजा ६ किलो फेला परेको हुदाँ उक्त लागूऔषध गाँजा सहित निजहरु मनोज यादव, अमिर लाल प्रसाद यादव र जंग बहादुर पासवनलाई नियन्त्रणमा लिई लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ।

त्यस्तै भदौ २७ गते राति १०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न.१० भुटनदेवी मोड स्थित सडकमा पैदल हिडिरहेको अवस्थामा मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०५ पिप्ले घर भई हाल वडा नं.११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र बागमती गा.पा. वडा नं. ६ बस्ने वर्ष २१ की रुपा बिश्वकर्मालाई शंका लागी चेकजाँच गर्ने क्रममा कालो रुमाल भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १२ ग्राम ७४० मिली ग्राम लागु औषध खैरो हेरोईन फेला परेको हुदाँ उक्त खैरो हेरोईन सहित निज दिपेन्द्र सुनार र रुपा बिश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *