८३ लाख भन्दा बढीका बिल बिजक सन्कास्पद रहेको सामानहरूसहित ट्रक मधेश प्रदेश प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम, बिरगंज ,१२ साउन ।

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले  शुक्रबार बिहान् ३:०० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा २१ परवानीपुर स्थित सडकखण्डमा ना.३ ख ७०५३ नम्बरको मालवाहक कन्टेनर ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाएका छन्।

पक्राउ गरेको ट्रक र सो भित्र लोड रहेको सामानहरूको रू. ८३,९२,७८२ ।– (त्रियासी लाख बयानब्बे हजार सात सय बयासी) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी गराएको छ  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *