वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

समाचार

रसीद आलम,वीरगञ्ज, २ चैत ।

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० बस्ने कुनाल कुमार जैसवाल, वडा नं २२ बस्ने वीरेन्द्र साह तेली, रेखाकुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ बस्ने मितुकुमार कुर्मी छन्।

उनीहरूलाई वीरगञ्ज–१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकका चेक र नगदसहित पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ४ लाख ३ हजार नगद, विभिन्न बैंकको चेकबुक १३ थान, बैंकहरूको काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान–एटिएम कार्ड ३ थान र मोबाइल सात थान बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

पक्राउ परेका सबै जनाविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *