भारतबाट भन्सार छलि ल्याइएको मोटरसाइकलका पिस्टनसहित अटो रिक्सा नियन्त्रणमा, ३ लाख १० हजार बराबरको सामान बरामद

समाचार

वीरगञ्ज, जेठ ८ । पर्सा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको मोटरसाइकलमा प्रयोग हुने पिस्टनसहित अटो रिक्सा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएको मोटरसाइकलमा प्रयोग हुने १०० थान पिस्टन बरामद गरेको हो। उक्त सामान ओसारपसारमा प्रयोग गरिएको अटो रिक्सा तथा चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका पिस्टन, अटो रिक्सा तथा अन्य सामानको अनुमानित मूल्य करिब रु. ३ लाख १० हजार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद सामानलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाइने तयारी गरिएको छ।

पर्सा प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा भन्सार छलि तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *