पर्सा, चैत २१ ।
जिल्ला पर्सा, वीरगंज महानगरपालिका-१९ बर्वा स्थित सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म, गुल्म अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण पुजाराको टोलीले अन्दाजी बिहान ७:५० बजे चप्पल, सुर्ती, र कस्मेटिक सामग्री गरी कुल १ लाख २५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
बरामद गरिएका ती सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।
तस्करी नियन्त्रण तथा सीमा सुरक्षामा यो अभियान महत्त्वपूर्ण मानिएको छ।
