बिरगंज ,२१ चैत ।
प्रहरीले लागु औषधसहित एक गाडी र चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा तथा प्रहरी कारबाहीको क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत प्रहरी चौकी ईनर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको कमान्डमा खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१६, रजतजयन्ती चोकस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ डीई ०००७ नम्बरको स्कार्पियो गाडी रोकी जाँच गर्दा २२० ग्राम खैरो हिरोइन बरामद भएको हो।
गाडीको पछाडिको डिक्कीमा कार्पेटले छोपेर कालो प्लास्टिकको झोलामा लुकाइएको अवस्थामा लागु औषध फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा भारत विहार राज्य, पूर्वी चम्पारण जिल्लाका चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरू:
१) कृष्णा कुमार (वर्ष ३७), वडा नं. १४, रक्सौल, पूर्वी चम्पारण
२) सुधिर कुमार (वर्ष ३८), वडा नं. १३, रक्सौल, पूर्वी चम्पारण
३) अमित कुमार (वर्ष ४८), वडा नं. १३, रक्सौल, पूर्वी चम्पारण
४) राजा कुमार (वर्ष २७), वडा नं. १, सिसवा, रक्सौल (गाडी चालक)
पक्राउ परेका चारै जनालाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।
